सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वी इरानको कोइला खानीमा भएको विस्फोटमा ५१ जनाको ज्यान गयो

२०८१ असोज ६, ०५:११ खबर संवाददाता

एजेन्सीः पूर्वी इरानको एक कोइला खानीमा भएको विस्फोटमा कम्तीमा ५१ जनाको ज्यान गएको छ।

खानीको दुई वटा ब्लकमा मिथेन ग्यासको चुहावटका कारण विस्फोट भएको इरानी सञ्चारमाध्यमले जनाएका छन्। यो खानी इरानको राजधानी तेहरानबाट झण्डै साढे पाँच सय किलोमिटर टाढा छ। विस्फोटको समयमा ब्लकमा ६९ जना कामदार उपस्थित थिए।
 

कमेन्ट लोड गर्नुस