सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प

२०८१ असोज ६, ०४:३२ खबर संवाददाता

बैतडीः बैतडीमा भुकम्प गएको छ। जिल्लाको शिवलिंग आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिगं आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको छ।

यसअघि गत असोज ४ गते  धादिङको चैनपुर आसपास केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको थियो भने, असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ। 
 

कमेन्ट लोड गर्नुस