सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट भन्सार छलीका सामान बरामद

२०८१ असोज ६, ०७:३५ खबर संवाददाता

धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा बैँयाबेहडी, धनगढी–९ त्रीवेणीघाट, गोदावरी नगरपालिका–१ अत्तरिया, भजनी नगरपालिका–३ ठेकीपुल र भजनी नगरपालिका –७ हिक्मतपुरबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका २ लाख ८० हजार ३८ मूल्यको सामान बरामद गरिएको हो। 

उक्त मूल्यको प्याज, चिनी, मसला, बिडी, सुर्ती, सुटपिस, थानकपडा, साडी, कुर्ती, प्लाष्टिक डोरी, प्लाष्टिक झिल्ली लगायतका सामान सुदूरपश्चिम प्रदेशप्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
 

कमेन्ट लोड गर्नुस