सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आयोजना गरियो ‘रेडिकल विद्यार्थी उत्सव’

२०८१ असोज ५, ०६:३९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा रेडिकल एकेडेमीले शनिबार विद्यार्थी उत्सवको पहिलो भाग आय‍ोजना गरेको छ।

विद्यार्थीहरुलाई पढाइ बाहेक फरक क्षमताको प्रस्फुटनको अवसर प्रदान गर्न आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथी धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयका प्राचार्य लक्ष्मणदत्त भट्ट रहेका थिए भने कार्यक्रमको सभापतित्व रेडिकल एकेडेमीका प्रबन्ध निर्देशक प्रकाश छेडालले गरेका थिए।

हरेक विद्यार्थीमा विशेष क्षमता हुन्छन् र ती क्षमताहरुले मुखरित हुने अवसर नपाएसम्म एउटा विद्यार्थी सामान्य विद्यार्थी हुन्छ। तर ती क्षमताले प्रस्फुटित हुने अवसर पाए सम्बन्धित विद्यार्थी मात्र नभएर समाजले नै गर्व गर्ने अवसर पाउँछ। सोही मान्यतालाई आत्मसाथ गर्दै रेडिकलले सो कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रम सहभागि विद्यार्थीहरुले नृत्य, गायनसँगै फेसन डिजाइनसँग सम्बन्धित प्रस्तुतीहरु देखाएका थिए। धनगढी एलएन चोकमा रहेको रेडिकल एकेडेमीले विगत चार बर्षदेखि होटल म्यानेजमन्ट र फेसन डिजाइन कोर्षमा अध्यापन गराउँदै आएको छ।

कमेन्ट लोड गर्नुस