सुदूर नेपाललाई विश्वसँग जोड्दै

१०० बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी

२०८१ असोज ५, ०५:३७ खबर संवाददाता

एजेन्सीः रूसी क्षेत्रमा रातारात आक्रमण गरिएका १०१ युक्रेनी ड्रोनहरू खसालेको रुसी रक्षा मन्त्रालयले शनिवार जनाएको छ। घटनामा कुनै पनि हताहत नभएको रिपोर्ट गरिएको छ।

“ड्युटीमा” रहेका हवाई रक्षा प्रणालीहरूले युक्रेनी फिक्स–विङ युएभी ड्रोनहरुहरू नष्ट गरी खसालेकोे रूसको रक्षा मन्त्रालयले टेलिग्राम मार्फत जनाएको हो। मन्त्रालयका अनुसार ब्रायन्स्क क्षेत्रमा ५३ वटा ड्रोन खसालिएको थियो भने “ब्लाक सी” प्रायद्वीपमाथि १८ वटा र बाँकी अन्य क्षेत्रमा खसालिएको थियो।

क्रास्नोडारका गभर्नर भेनियामिन कोन्ड्रात्येभले ड्रोनबाट खसेको भग्नावशेषले टिखोरेट्स्की जिल्लामा आगलागीसमेत भएको बताए। प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षाको लागि बाहिर निकालिएको भएता पनि कुनै हताहत भएको छैन।
 

कमेन्ट लोड गर्नुस