सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली कारागारमा कैदीबन्दीको ठेलमठेल, क्षमता १५० तर हुँलिए ५५७

२०८१ असोज ५, १२:३३ खबर संवाददाता

धनगढीः जिल्ला कारागार कैलाली कैदीबन्दीले भरिएको छ।

ठेलमठेल हुने गरी जिल्ला कारागार कैदीबन्दीले भरिएको हो। १५० जना क्षमताको कारागारभित्र अहिले झण्डै ६ सयको संख्यामा कैदीबन्दी छन्। अहिले कारागारभित्र ५ सय ५७ जना कैदीबन्दी छन्। साढे ७ सयको संख्यामा कैदीबन्दी भएपछि एक सय ५० जना कैदीबन्दीलाई नयाँ कारागार कोहलपुरमा राखिएको छ। १९९७ सालमा बनेको जिल्ला कारागार कैलाली जीर्ण अवस्थामा छ।

पछिल्लो समय अपराधका घटना बढ्दै गएपछि जिल्ला कारागार कैलाली कैदीबन्दीले भरिन पुगेको हो। विशेष गरी लागुऔष, जबरजस्ती करणी, हत्या, चोरी, कुटपिट, बैंकिङ कसुर लगायत अपराधमा दोषी ठहर भएकाहरु कैदीबन्दी जिवन विताइरहेको जिल्ला कारागार कैलालीका जेलर दिपक पाण्डेले बताए। १५० जना क्षमताको जीर्ण कारागारभित्र अहिले ५ सय ५७ कैदीबन्दी हुँलिएका छन्।

जेलभित्र शौचालय जान समेत निकै लामो समय पालो कुर्नुपर्ने एक कैदीबन्दीले बताए। जिल्ला कारागारमा ५५७ जम्मा कैदीहरू रहेकोमा १७७ जना लागुऔषधसँग सम्बन्धीत मुद्दाका छन्। कैलाली जिल्ला अदालतमा गत आर्थिक वर्षमा ५३९ मुद्दा लागुऔषधसँग सम्बन्धीका दर्ता भएका थिए।

जिल्ला अदालतले ४३१ मुद्दाको अन्तिम सुनुवाइ गरेको छ। १०८ मुद्दाको अन्तिम सुनुवाइ हुन बाँकी छ। कैलाली जिल्ला अदालतले कैद भुक्तानीका लागि पठाएका १४० कैदी हाल जिल्ला कारागारमा छन्। थप ३७ जना थुनुवा रहेका छन्। उनीहरूलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ। कारागारमा रहेका १७७ जनामा ३७ जनाको अन्तिम सुनुवाइ भएको छैन। १४० जनाको मात्र अन्तिम सुनुवाइ भएको छ।

१४० जना लागुऔषध मुद्दामा दोसी ठहर भएर कारागारमा कैद जीवन बिताइरहेका छन्। कारागारमा ४९६ पुरुष, ५८ महिला र २ जना बालक छन्। कारागार प्रशासनका अनुसार १५० जनालाई कोहलपुर जेलमा स्थानान्तरण गरिएको छ। कैलाली कारागारमा कैदीको संख्या धेरै भएपछि उनीहरूलाई कोहलपुरको नयाँ जेलमा पठाइएको हो।

कोहलपुर कारागार स्थानान्तरण गरिएका कैदीमा अधिकाँस लागुऔषध मुद्दाका छन्। कैलाली जिल्ला अदालतमा दर्ता भएका लागुऔषधका मुद्दामा हिरोइनका ५१०, गाँजा–चरेसका २४ र अन्य पाँच रहेका छन्। जिल्ला अदालतमा गत आर्थिक वर्षमा दर्ता भएका ५३९ मुद्दामा ४३१ मुद्दा फर्छाैट भएका छन्। १०८ मुद्दाको अन्तिम सुनुवाइ हुन बाँकी छ।

कमेन्ट लोड गर्नुस