सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एकै दिन ११ लाख बढीका सामान बरामद 

२०८१ असोज ५, ११:४५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरका विभिन्न ठाउँबाट सशस्त्र प्रहरीले एकै दिन ११ लाख बढीका भन्सार छलीका सामान बरामद गरेको छ।  

शुक्रवार कञ्चनपुरका विभिन्न ठाउँबाट सशस्त्र प्रहरीले भारतीय मोटरसाइकलसहित हार्डवेयर, कपडा, जुत्ता चप्पल, लगायत भन्सार छली गरेर नेपाल भित्र्याइका सामान बरामद गरेको हो।

कञ्चनपुरका सशस्त्र प्रहरी प्रमुख एसपी  खगेन्द्र चन्दका अनुसार भन्सार छली ल्याइएका ११ लाख बराबरका सामान, पुर्नवास र बेलौरीबाट ६४ हजार बराबरका डिउ (पेय पदार्थ)  बरामद गरिएको छ। बरामद गरिएको डिउ नष्ट गरिएको छ भने ११ लाख बराबरको सामान भन्सार चलान गरिएको सशस्त्र प्रहरी प्रमुख चन्दले बताए।

कमेन्ट लोड गर्नुस