सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा होटलभित्र एक जना मृत भेटिए

२०८१ असोज ४, ०४:०९ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियास्थित एक होटलभित्र एक जना मृत अवस्थामा फेला परेका छन्।

गोदावरी नगरपालिका–२ रीङरोडस्थित बैतडी–पुर्चौडी होटलको कोठा नम्बर १०४ मा एक जना मृत अवस्थामा फेला परेका हुन्। डडेल्धुराको पर्शुराम नगरपालिका–२ घर भएका ७२ वर्षीय काशीसिंह बोहरा शुक्रबार होटलभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस