सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटामा स्कारपियो र मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना 

२०८१ असोज २, १०:५८ खबर संवाददाता

धनगढीः कैलालीको गेटामा स्कारपियो र मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ।

भोजलाल चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ च ४०४६ नम्बरको स्कारपियो र सुनिल डंगौराले चलाएको सुदूरपश्चिम प्रदेश ०१-०१२ प ५६३४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा आज (बुधवार) दुर्घटना भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

दुर्घटना हुँदा मोटरसाइकल चालक डंगौरा र सोही मोटरसाइकल पछाडी सवार महेन्द्र चौधरी घाईते भएका छन्। डंगौराको अवस्था गम्भिर रहेको र महेन्द्रको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। दुबै जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस