सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको सिसिएस स्कुलले मनायो विज्ञान दिवस

२०८१ असोज १, ०९:४५

धनगढी: धनगढीको सिसिएस स्कुलले राष्ट्रिय विज्ञान दिवसको मनाएको छ। मङ्गलवार राष्ट्रिय विज्ञान दिवसको अवसरमा विज्ञान प्रदर्शनी गरिएको हो।

प्रदर्शनीमा सिसिएसका विद्यार्थी ललित बोहोराले बनाएको स्ट्यान्ड स्कुटरको अनावरण गरिएको छ। यस्तै विद्यार्थीले बनाएका विभिन्न उपकरण प्रदर्शन गरिएको थियो।

कार्यक्रम कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक तोयाराज भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। यस्तै, विशिष्ट अतिथि ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्ट कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा सिसिएसका प्रधानाध्यापक हरिप्रसाद जोशीले सिसिएसले गरिरहेका अभ्यासको बारेमा चर्चा गरेका थिए।

प्रदर्शनीमा रोबोट फुटबल, ड्रोन, किटनासक मसिन आदि प्रदर्शन गरिएको थियो।

कमेन्ट लोड गर्नुस