सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको धनगढीमा विद्यार्थीदेखि कर्मचारीसम्मलाई नगदसहित सम्मान

२०८१ असोज १, ०४:५६ कमल सावद

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले विद्यार्थीदेखि कर्मचारीसम्मलाई नगदसहित सम्मान गरेको छ।

धनगढी उपमहानगरपालिकाको १० औँ स्थापना दिवसका अवसरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीदेखि उत्कृष्ट काम गर्ने कर्मचारीहरूलाई सम्मान गरिएको हो। उपमहानगरपालिकाले उपप्रधान तथा सहरी विकास मन्त्री  प्रकाशमान सिंहबाट उनीहरूलाई नगदसहित प्रमाण पत्र दिइएको छ। उपमहानगरपालिकाले छात्रालाई निःशुल्क पोसाक वितरणका लागि चार लाख ५० हजार रुपैयाँ भन्दा बढी रकम सहयोग गर्ने सातवटा संस्थालाई सम्मान गरेको छ। 

चार लाख ९७ हजार सहयोग गर्ने माछापुच्छ्रे बैँक, पाँच लाख सहयोग गर्ने एलआरआए स्कुल, पाँच लाख सहयोग गर्ने गोलोबल बैँक, पाँच लाख सहयोग गर्ने कृषि विकास बैँक, पाँच लाख २५ हजार सहयोग गर्ने हिमालयन डिस्टिलरी, पाँच लाख २५ हजार सहयोग गर्ने भाटभटेनी र १३ लाख १५ हजार सहयोग गर्ने शिखर इन्सुरेन्सलाई सम्मान गरिएको छ।

उपमहानगरपालिकाले  ६ लेन सडकमा तारजालीसहित वृक्षारोपणमा सहयोग गर्ने २ संस्थालाई समेत सम्मान गरेको छ। धनगढी विमानस्थल चोकदेखि मोहनपुर गेटासम्म ५० लाखको तार जालीसहित वृक्षारोपण गरेको सूर्य नेपाल प्रालि र धनगढी चौराहादेखि भन्सारसम्म तारजालीसहित वृक्षारोपणमा सहयोग गरेको जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजलाई सम्मान गरिएको छ।

यस्तै, कक्षा ८ को वार्षिक परीक्षामा तीन दशमलव ९७ जिपिए ल्याएका एक्सिस विद्या आश्रमका विद्यार्थी विवता भुल, थ्री स्टारका तीन दशमलव ९७ जीपीए ल्याएका विज्ञान कठायत, पञ्चोदयका तीन दशमलव ८७ जिपीए ल्याएकी समीक्षा कुमारी जैशी र त्रिभुवन माविबाट ३ दशमलव ७६ जिएप ल्याएका डेनिस बमलाई २५ हजार नगद र प्रमाण पत्रसहित सम्मान गरिएको छ।

उपमहानगरपालिकाले ग्यालेक्सीका आकाश ठगुन्ना र पञ्चोदयका सुमन भट्टलाईसमेत २५ हजारसहित सम्मान गरेको छ। उनीहरुले एसइईको परीक्षामा उत्कृष्ट नतिजा ल्याएका थिए। ठकुन्नाले तीन दशमलव ९५ जिपिए र भट्टले तीन दशमलव ८६ जिपीए ल्याएका थिए। कक्षा १२ को परिक्षामा सर्वाधिक अंक ल्याएका कैलाली मोडलका विद्यार्थी निराजन पाण्डे र त्रिनगर माविका सुनिल भट्ट सम्मानित भएका छन्। पाण्डेले तीन दशमलव ९२ जिपीए ल्याएका थिए भने, भट्टले तीन दशमलव ६६ जिपीए ल्याएका थिए। उनीहरूलाई पनि नगद २५ हजार र प्रमाणपत्रसहित सम्मान गरिएको हो।

उपमहानगरपालिका क्षेत्रका २ विद्यालयलाई समेत सम्मान गरिएको छ। कक्षा ८ को परीक्षामा ५० भन्दा बढी विद्यार्थी सहभागी गराएर बढी प्रतिशत विद्यार्थी उत्तीण गराएको मिलन इंलिस स्कुल र बेहडाबाबा मविलाई ५० हजारसहित सम्मान गरिएको हो। हाम्रो धनगढी, सफा धनगढी अभियानलाई सहयोग गरेका राइजिग् स्टार र बेहडाबाबालाई सम्मान गरिएको छ। उनीहरूलाई पाँच लाख रुपैयाँ नगद, रनिङ ट्रफि र प्रमाणपत्र दिइएको हो। सरसफाइसँगै जनचेतनाका कार्यक्रम गरेको आदर्श टोल सरसफाइ समितिलाई समेत सम्मान गरिएको छ।

उपमहानगरपालिकाले १० लाख सहित समितिलाई सम्मान गरेको हो। उपमहानगरपालिकाले शिक्षक तथा कर्मचारीलाई पनि सम्मान गरेको छ। उनीहरुलाई ५० हजारसहित सम्मान गरिएको हो। विद्यालय सहयोगीतर्फ लक्ष्मी कोली, बालविकासतर्फ दिब्यश्वरी बम, प्राथमिक शिक्षकतर्फ लक्ष्मण टमटा, निम्न माध्यमिक शिक्षकतर्फ मिनाकुमारी चौधरी, आन्तरिक स्रोततर्फ रामकृष्ण चौधरी, माध्यमिक शिक्षकतर्फ गंगाराम ओझा र माध्यामिकतर्फ भोजराज शर्मालाई सम्मान गरिएको छ। धनगढी उपमहानगरपालिका–१६ को बेहडाबाबा माविका कर्मचारी धुर्वराज जोशीलाई एक लाखसहित सम्मान गरिएको छ।

महिला स्वास्थ्य स्वयम् सेविका विना चौधरीलाई २५ हजारसहित सम्मान र मेलमिलाप सहजकर्ता संगीता जागरीलाई २५ हजारसहित सम्मान गरिएको छ। यस्तै उपमहानगरपालिकामा उत्कृष्ट काम गरेका सरसफाइकर्मी जितराम चौधरी, कार्यालय सहयोगी बागमती महता, हलुका सवारी चालक समीर चौधरी, हेभी सवारी चालक नरबहादुर विष्ट, नगर प्रहरी हवलदार रविन्द्रकुमार चन्द, सरसफाइ सहजकर्ता सुरेन्द्र शाह, सामाजिक परिचालिका पशुपतिकुमारी सुवेदी, असिष्टेन्ट सव–इन्जिनियर प्रेम उपाध्याय, नायब सुब्बा महेशप्रसाद दाहाललाइ सम्मान गरिएको छ।

यस्तै, सर्वेक्षक केशवराज पन्त, प्राविधिक सहायक भोजबहादुर बोहरा, इन्जिनियर उपेन्द्रप्रसाद भट्ट, कानुन अधिकृत खडकसिंह कुञ्जेडा, वडासचिव आनन्द भट्ट, इन्जिनियर कमलराज ओझा र सिनियर अहेव जयकला रावललाइ सम्मान गरिएको छ। उनीहरुलाई ५० हजार नगद र प्रमाणपत्रसहित सम्मान गरिएको हो। धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्ट र वित्त व्यवस्थापक कृष्णप्रसाद जोशीलाई एक लाख नगदसहित सम्मान गरिएको छ। उनीहरुलाई उत्कृष्ट कार्य गरेकोमा उत्कृष्ट स्थानीय सेवामार्फत सम्मान गरिएको हो।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस