सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको समस्याहरुको किताब भोलि सार्वजनिक हुँदै 

२०८१ असोज १, ०२:४८ खबर संवाददाता

धनगढी: 'ब्याग्स अफ होप' नाम गरेको संस्थाले भोलि 'डिकोडिङ्ग धनगढीज सरो:ज' नामक पुस्तक सार्वजनिक गर्दै छ ।

भोलि बिहान ८ बजे बाट निर्माण व्यवसायी संघको हलमा यो कार्यक्रम हुँदैछ । धनगढी उपमहानगरको १९ वटै वडाहरुमा पुगेर स्थानीय समस्याहरु संकलन गरेर उक्त चित्र पुस्तक सार्वजनिक गर्न लागेको यस कार्यक्रमका कार्यक्रम संयोजक दिपेश वोहोराले जानकारी दिए ।

कार्यक्रममा धनगढीसँग सम्बन्धित विभिन्न तहका राजनितिक  नेतृत्वहरुलाई बोलाइएको छ । यसले धनगढीको समस्याप्रति राजनीतिक नेतृत्व सचेत छ भनेर सन्देश जाने र समस्याहरुको समाधानका लागि पनि पहल हुने ब्याग्स अफ होपका अध्यक्ष नितिश जोशीले बताए।

कमेन्ट लोड गर्नुस