सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली कारागारभित्र एक कैदीबन्दीको रहस्यमय मृत्यु

२०८१ असोज १, ०२:१४ खबर संवाददाता

धनगढीः कैलाली कारागारभित्र एक कैदीबन्दीको रहस्यमय मृत्यु भएको छ।

हिजो (सोमबार) जिल्लाको घोडाघोडी नगरपालिका–७ का २२ वर्षीय दिपक विकको मृत्यु भएको हो। उनी जरबजस्ती करणीमा दोषी ठहर भएर कारागार चलान भएका थिए। तर उनको कारागारभित्रै रहस्यमय रुपमा मृत्यु भएको जनाइएको छ। प्रहरीले शौचालयमा ढलेर उनको मृत्यु भएको बताएको छ।

कारागारभित्रकै एक समूहले विकको कुटेर हत्या गरेको आरोप लागेको हो। जिल्ला कारागारभित्र कैदीजीवन विताइरहेका एक कैदीका अनुसार जेलमा पनि गुण्डाराज छ। कारागारका कैदीबन्दीका अनुसार कैलाली जेलमा खुलमखुला मोबाइल चलाउनेदेखि भित्रै रक्सी समेत सेवन गर्ने गतिविधि पनि हुने गरेका छन्। सोही क्रममा जेल कैदीबन्दीको प्रशासन हेर्नेले खाना नराम्रो भयो भन्ने उजुरी गरेपछि विकलाई करिब १९ जनाको समूहले कुटपिट गरेको आरोप छ।

कमेन्ट लोड गर्नुस