सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कृषि अनुदानमा मनग्गे बजेट

२०८१ भदौ ३१, ०५:५० नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका लागि २ अर्ब ९१ करोड ६८ लाख बजेट विनियोजन गरिएको छ।

आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले प्रदेश सभामा बजेट पेश गर्दै कृषिमा विभिन्न अनुदानका कार्यक्रम राखिएको बताएका छन्। सरकारले व्यावसायिक तरकारी र फलफूल बगैंचा स्थापना गर्न २३ करोड ६९ लाख बजेट विनियोजन गरेको छ। यस्तै, सरकारले १० करोड २३ लाख बजेट विभिन्न कृषि अनुदान कार्यक्रमका लागि बजेट विनियोजन गरेको हो।

आर्थिक मामिला मन्त्री थापाले कृषि सिँचाइका लागि ८ करोड १७ लाख, कृषि मलका लागि २ करोड ५० लाख, पढ्दै कमाउँदै कार्यक्रमका लागि ६० लाख बजेट विनियोजन गरिएको छ। सरकारले बिउ उत्पादनका लागि ५ करोड ४० लाख, पोषण कार्यक्रमका लागि ५ करोड र कृषकको तथ्याङ्क राख्न ९४ लाख बजेट विनियोजन गरेको बजेट व्यक्तव्यमा उल्लेख गरेको छ।

सरकारले मासु उत्पादन बढाउन ३० करोड बजेट विनियोजन गरेको छ। माछा पोखरी निर्माण गर्न ५ करोड, कृषि कार्यक्रमका लागि ५ करोड २० लाख र खोरेत रोग नियन्त्रण गर्न १५ लाख बजेट विनियोजन गरेको छ। प्रदेश सरकारले पशु रोग नियन्त्रण गर्न खोप कार्यक्रमका लागि ४ करोड १९ लाख, गौशाला निर्माण गर्न एक करोड ७५ लाख, घाँस उत्पादन गर्न २ करोड र सहकारीको क्षमता अभिवृद्धि गर्न एक करोड ८ लाख बजेट विनियोजन गरेको छ।

कृषि पूर्वाधार विकासका लागि एक करोड ५० लाख, कस्टम हायरिङ सेन्टरका लागि ३ करोड र पशुपन्छी विकासका लागि १२ करोड तथा मासु र डेरी पसलको क्षमता बढाउन दुई करोड १७ लाख बजेट विनियोजन गरिएको छ। डेरी उद्योगका लागि एक करोड ५० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारले कृषि अनुदानमा ठूलो बजेट विनियोजन गरेको छ।
 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस