सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकलले ठक्कर दिँदा तीन जना घाइते

२०८१ भदौ ३१, ०५:३६ खबर संवाददाता

धनगढीः कैलालीमा छुट्टाछुट्टै स्थानमा मोटरसाइकलले ठक्कर दिँदा तीन जना घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–६ भट्टी चोक स्थित मोटरसाइकलले ठक्कर दिँदा एक साइकलयात्री घाइते भएका छन्। मोटरसाइकलको ठक्करबाट २७ वर्षीय साइकल यात्री घाइते भएका हुन्। उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ। यस्तै गोदावरी नगरपालिका–५ गेटामा पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकले ६० वर्षीय एक पैदलयात्रीलाई ठक्कर दिएको छ।

घाइते ती पैदलयात्रीको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। उता गौरीगंगा नगरपालिका–२ दबैस्थित उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मोटरसाइकलले कुकुरलाई बचाउने क्रममा अनियन्त्रित भएर पल्टिदा ३१ वर्षीय एक पुरुष घाइते भएका छन्। उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ।

कमेन्ट लोड गर्नुस