सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी, अत्तरिया र कैलारीबाट ४ लाख २३ हजार मुल्यको अबैध समान बरामद

२०८१ भदौ ३१, १२:३९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी, अत्तरिया र कैलारीबाट ४ लाख २३ हजार मुल्यको अबैध सामान बरामद गरिएको छ।

सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको प्रहरी टोलीले सो मुल्य बराबरका अबैध सामान बरामद गरेको हो। तर भन्सार छलीका सामान भित्र्याउने कार्यमा संलग्न भने पक्राउ पर्ने गरेका छैनन्। सामान बरामद हुने तर संलग्न व्यक्ति पक्राउ गर्न भने प्रहरी सफल हुन सकेको छैन्।

प्रहरीले एकै दिन धनगढी र कैलारीबाट करिब ४ लाख २३ हजार ४७० मुल्यको अबैध सामान नियन्त्रण्मा लिए पनि संलग्न व्यक्ति भने प्रहरीले नियन्त्रणमा लिन सकेको छैन्। धनगढी उपमहानगरपालिका वडा नम्बर २, १३ र १९ बाट मात्र करिब ३ लाख ८६ हजार ५५० मुल्यको विभिन्न कम्पनीका मोबाइलका पार्टपुर्जा, सुर्तिजन्य पदार्थ र बोइलर कुखुरा नियन्त्रणमा लिएको छ।

उता कैलारी गाउँपालिका–३ हनुमान मन्दिरबाट करिब १२ हजार ९२० मुल्यको आन्टी, पापड र गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट २४ हजार मुल्यको अबैध मिठाई बरामद गरेको छ। बरामद गरिएको सामान कसको हो भन्ने विषय समेत प्रहरी पत्ता लगाउन सकेको छैन्। यसरी दैनिक रुपमा प्रहरीले अबैध सामान नियन्त्रणमा लिने तर संलग्न व्यक्तिलाई पक्राउ गर्नु त कता हो कता उसको पहिचानसम्म हुने गरेको छैन्।

कमेन्ट लोड गर्नुस