सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल भ्यालुअर्स एसोसिएसन सुदूरपश्चिमको अध्यक्षमा विष्ट निर्वाचित

२०८१ भदौ २८, ०५:०८ खबर संवाददाता

धनगढीः नेपाल भ्यालुअर्स एसोसीएसन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा विपिन विष्ट निर्वाचित भएका छन्।

कैलालीको गोदावरीमा सम्पन्न दोस्रो अधिवेशनबाट विष्टको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो।

समितिको उपाध्यक्षमा रविन्द्र विक, सचिवमा खगेन्द्र अवस्थी, कोषाध्यक्षमा राजकुमार खड्का निर्वाचित भएका छन्। यस्तै समितिको सदस्यमा डम्बरबहादुर साउँद, राजन चौधरी, धर्मेन्द्र सिंह, राकेशसिंह भाट र जयराज जोशी निर्वाचित भएका हुन्।
 

कमेन्ट लोड गर्नुस