कञ्चनपुरमा चोरी मुद्दामा फरार रहेका एक जना पक्राउ
२०८१ भदौ २८, ०४:४१
कञ्चनपुरः कञ्चनपुरमा चोरी मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–९ का अरुण नायक पक्राउ परेका हुन्। नायकलाई अदालतले २०८० मंसिर १९ गते चोरी मुद्दामा ६ महिना कैद र १० हजार जरिवाना तोकेको थियो।
सोहि दिनबाट फरार रहेका नायकलाई इलाका प्रहरी कार्यालय ब्रमदेवबाट खटिएको प्रहरी टोलिले शुक्रवार पक्राउ गरेको हो। उनालाई सजाय भुक्तानको लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस