सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको एक चिउरा उद्योगमा आगलागी, करिब २२ लाखको धनमाल जलेर नष्ट

२०८१ भदौ २८, ०४:१२ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरीमा चिउरा उद्योगमा आगलागी हुँदा २२ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।

शुक्रबार विहान गोदावरी नगरपालिका–५ गेटास्थित उमेशकुमार शाहले सञ्चालन गरेको चिउरा तथा भुजा उद्योगमा आगलागी भएको हो। विद्युतको तार सर्ट भएर आगलागी हुँदा करिब २२ लाख २२ हजार पाँच सय मुल्यको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागी नियन्त्रणमा लिन प्रहरी चौकी गेटाबाट प्रहरी टोली खटिएको थियो। आगलागीबाट सो उद्योगभित्र रहेका चामल ५ सय कट्टा, सोयाबिन ३५० कट्टा र भुजा ४ सय कट्टा जलेर नष्ट भएको छ। आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस