धनगढी–१ मा रुख ढलेर अवरुद्ध भएको सडक सुचारु
२०८१ भदौ २८, ०३:४२
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रुख ढलेर अवरुद्ध भएको सडक सुचारु गरिएको छ। नगर प्रहरीको सहयोगमा सडक सुचारु गर्ने काम भएको हो।
धनगढी–१ स्थित नेपाल टेलिकमको धनगढी जाने सडकमा सिसमको रुख ढलेर सडक अवरुद्ध भएको थियो। अवरुद्ध सडक खुलाउन नगर प्रहरी खटिएको हो।
कमेन्ट लोड गर्नुस