बैतडीका रमेशसँगै कञ्चनपुरमा लागुऔषधसहित पाँच जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित पाँच जना पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–१८ जानकीटोलबाट बैतडीको दशरथचन्द नगरपालिका–४ का २२ वर्षीय रमेश लुहार लागुऔषधसहित पक्राउ परेका हुन।
रमेशको साथबाट १ ग्राम ९० मिलिग्राम लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ। उनीसँगै कोठामा रहेका अन्य ४ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको बारेमा अनुसन्धान जारी रहेकाले अन्य ४ जनाको नाम भने खुलाइएको छैन्।