सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रहरीमा परे ३ वर्षमा १० हजार ३४३ मुद्दा

२०८१ भदौ २५, ०२:१३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रहरीमा तीन वर्षको अवधिमा १० हजार ३४३ मुद्दा दर्ता भएका छन्।

कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, दार्चुला, बझाङ, बाजुरा र अछामस्थित जिल्ला प्रहरी कार्यालय तथा यहाँका इलाका प्रहरी कार्यालयमा गरी सो संख्यामा मुद्दा दर्ता भएको पाइएको हो। आर्थिक वर्ष २०७८/देखि आर्थिक वर्ष २०८०/८१ सम्म सो संख्यामा विभिन्न अपराधसँग सम्वन्धित मुद्दा दर्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संकलन गरेको तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष २०७८/७९ मा तीन हजार २२८, आर्थिक वर्ष २०७९/८० मा तीन हजार पाँच सय ३ र गत आर्थिक वर्ष २०८०/८१ मा तीन हजार ६ सय ३ मुद्दा दर्ता भएको तथ्यांकले देखाएको हो। हत्या, जबरजस्ती करणी, चोरी, बहुविवाह, बैकिङ कसुर, गाली बेइज्जती, घरेलु हिंसा लगायत मुद्दा प्रहरीमा दर्ता भएका छन्। तर प्रहरीमा दर्ता भएका धेरैजसो मुद्दाको समयमा सुनूवाई भने भएको छैन्। 

२०७८ मा तीन सय २२, २०७९ मा एक हजार ६६ र २०८० मा एक हजार २ सय ४ गरेर २ हजार ५९२ मुद्दाको समयमा सुनूवाई नभएको पाइएको छ। तीन आर्थिक वर्षको अवधिमा सुदूरपश्चिममा ७ हजार ६ सय ३९ पुरुष र पाँच सय ७० महिला भने पक्राउ परेको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ। जबरजस्ती करणी, चोरी, लागुऔषध, हत्या, जबरजस्ती करणी उद्योग लगायत अपराधमा संकलग्न तर फरार भएकाहरुको संख्या उच्च देखिएको छ। अपराधमा संलग्न ८२ महिलासहित ६ सय २६ जना अझै फरार छन्।

कमेन्ट लोड गर्नुस