सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीगंगामा विद्युतीय तारबाट करेन्ट लागेर एक जना घाइते

२०८१ भदौ २४, ०५:०१ खबर संवाददाता

धनगढीः कैलालीको गौरीगंगामा विद्युतीय तारबाट करेन्ट लागेर एक जना घाइते भएका छन्।

गौरीगंगा नगरपालिका–१ चौमालाका २० वर्षीय आदित्य चौधरी करेन्ट लागेर घाइते भएका हुन्।

चौधरीलाई नुहाएर आउनेक्रममा सोहि ठाउँको मौवारी सामुदायिक वनमा छोडेको विद्युतीय तारबाट करेन्ट लागेको प्रहरीले जनाएको छ। करेन्ट लागेर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस