धनगढी उपमहानगरले खरिद गरेको ‘ग्रास कटर’ले १७ खेलमैदानको घाँस काटियो
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले ‘ग्रास कटर’ खरिद गरेको छ।
उपमहानगरभित्रका सार्वजनिक स्थल र खेलमैदानलाई व्यवस्थित गर्न ग्रास कटर खरिद गरिएको हो। घाँस कटिङ्ग गरेर सार्वजनिक स्थल एवं खेलमैदान व्यवस्थित गर्ने काम भइरहेको छ। हिजो (आइतबार) मात्र धनगढी उपमहानगरपालिका–३ फाप्ला खेल मैदानमा ग्रास कटरले घाँस काटेर मैदान व्यवस्थित गर्ने काम गरिएको छ।
यसअघि १६ वटा खेलमैदानको ग्रास कटरले घाँस काटेर मैदान व्यवस्थित गर्ने काम गरिसकिएको छ। उपमहानगरले नयाँ खरिद गरेको ग्रास कटरले अहिलेसम्म १७ वटा खेलमैदानको घाँस काटिसकेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको त्रिनगर माध्यामिक विद्यालयको मैदान तथा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मैदानको समेत घाँस काट्ने मेसिन ग्रास कटरको प्रयोग गरिएको छ।
सडक छेउमा, नदीको किनारा, बगैंचा, फिल्ड झार, फुटबल मैदान, बगैंचा, झार काट्ने र झाडी काट्न सहज होस भनेर उपमहानगरपालिको ग्रास कटर खरिद गरेर प्रयोगमा ल्याएको छ। ग्रास कटरले सहज रूपमा बाक्लो घाँस र असमान सतहहरू मिलाउने, प्रत्येक पटक सफा र सटिक रुपमा घाँस काट्न यस्तो मेसिन उपमहानगरले प्रयोगमा ल्याएको हो।