कैलालीमा भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ।
भजनी नगरपालिका–३ कनैयापुर, भजनी नगरपालिका–५ लालबोजी र जोशीपुर गाउँपालिका–३ मनिकापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५२ हजार ४० मूल्य बराबरको सामान बरामद गरिएको छ।
उक्त मूल्य बराबरको प्याज, चिनी, आलु, भाँडावर्तन लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।