सुदूर नेपाललाई विश्वसँग जोड्दै

घरको छतबाट लडेर धनगढीमा एक जना घाइते

२०८१ भदौ २१, ०४:२२ खबर संवाददाता

धनगढीः कैलालीमा घरको छतबाट लडेर एक जना घाइते भएका छन।

जिल्लाको धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकमा डेरा गरी बस्ने जोशीपुर गाउँपालिका– १ का ४२ वर्षीय रोहनराज चौधरी छतबाट लडेर घाइते भएका हुन।

उनी मादक पदार्थ सेवन गरेको अवस्थामा आफु बस्ने १ तले घरको छतबाट लडेर घाइते भएको प्रहरीले जनाएको छ। उनको दाहिने कान, टाउको, आँखा र नाकमा चोट लागेको छ। चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेका छ।
 

कमेन्ट लोड गर्नुस