कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ
२०८१ भदौ २१, ०३:४१
कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–६ बेलौरी बस्ने ५९ वर्षीय नरबहादुर चन्द लागूऔषधसहित पक्राउ परेका हुन्।
उनी १४४ ग्राम ६७० मिलिग्राम लागुऔषधसहित शुक्रबार विहान पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले लागुऔषधसहित चन्दलाई घरबाटै नियन्त्रणमा लिएको थियो।
कमेन्ट लोड गर्नुस