सुदूर नेपाललाई विश्वसँग जोड्दै

गृहमन्त्री लेखक धनगढीमा, कैलालीको शान्तिसुरक्षा बारेमा छलफल

२०८१ भदौ २०, ०२:०४ खबर संवाददाता

धनगढीः नेपाली काँग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकले काँग्रेस एमाले दुई ठुला प्रतिस्पर्धी दलको गठबन्धनले आत्मविश्वास बढेको बताएका छन। नेपाली काँग्रेस कैलालीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्नदै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन्। दुई ठुला दल मिल्दा राजनीतिक र जनतामा आत्मविश्वास बढेको छ, गृहमन्त्री लेखकले भने, ‘दुई ठुला दलहरू एक आपसमा प्रतिस्पर्धी दलहरू हुन्। हामीबिच प्रतिस्पर्धा

पनि छ, सहमति पनि छ। हामी सहमतिका साथ अघि बढ्दा जनतामा आत्मविश्वास बढेको छ।’

कार्यक्रममा बोल्दै मन्त्री लेखकले दुई दलबिचको गठबन्धन बन्दा देशमा परिवर्तनको थालनी भएको बताए। उनले भने, ‘दुई दलको सरकार बने लगत्तै अर्थतन्त्र चलायमान भएको छ, १८ वर्षदेखि रोकिएको सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदबाट पास भएको छ। शान्ति प्रक्रियाका लागि रोकिएका बाँकी कामहरू अघि बढेका छन्। जसको विदेशी शक्तिहरूले प्रशंसा गरेका छन्।’

कैलाली जिल्लाको समर्ग शान्तिसुरक्षा, सीमा नाकालाई व्यवस्थित तथा सुदृढीकरणका लागि आवश्यक पहल गरीने उनले बताए। सीमा क्षेत्रमा चेकजाँचका क्रममा प्रहरी प्रशासनबाट ज्यादती बढेको स्थानीयले गुनासो गरेपछि सो को नियन्त्रणका लागि समेत निर्देशन दिन उनले बताए।

गृहमन्त्री लेखकलाई नेपाली काँग्रेस कैलालीका जिल्ला सचिव नृप सुनारले समर्ग जिल्लाको वस्तुस्थितिका बारेमा अवगत गराएका थिए।

 

कमेन्ट लोड गर्नुस