सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा वेवारिसे अवस्थामा पेस्तोल फेला

२०८१ भदौ १८, ०८:२३ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा वेवारिसे अवस्थामा पेस्तोल फेला परेको छ।

धनगढी उपमहानगरपालिका–७ को जुगेडा जाने बाटोमा लागुऔषध सेवनकर्ता रहेको सूचनापछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक (सई) गजेन्द्रबहादुर चन्द नेतृत्वको टोली त्यहाँ पुगेको थियो। तर चन्द नेतृत्वको टोली त्यहाँ पुग्दा लागुऔषध सेवनकर्ता भागिसकेका थिए। उनीहरू बसेको नजिकै घाँसभित्र बिना म्याग्जिनको एक नाले वेवारिसे पेस्तोल फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस