सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थलबाट ८ लाख ४० हजार मूल्यका आइ–फोनसहित एक जना पक्राउ

२०८१ भदौ १७, ०४:१३ खबर संवाददाता

धनगढीः धनगढी विमानस्थलबाट ८ लाख ४० हजार मूल्यका आइ–फोनसहित एक जना पक्राउ परेका छन्।

आज (सोमबार) धनगढी उपमहानगरपालिका–१३ स्थित धनगढी विमानस्थलबाट आइ–फोनसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो। विमानस्थलको दक्षिणतर्फ रहेको यात्रु प्रवेशबाट भित्र प्रवेश गर्दा सोही प्रवेश द्वारको नजिक रहेको एक्सरे मेसिनमा काठमाण्डौँ पठाउने भनि घोडाघोडी नगरपालिका–१ सुखडका २७ वर्षीय राजु चौधरीले कार्टुनमा प्याक गरी ल्याएका आइ—फोन प्रहरीले बरामद गरेको छ।

करिब ८ लाख ४० हजार मूल्यका एप्पल कम्पनीका २१ वटा आइ–फोन (मोबाइल) बरामद गरेर चौधरीलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बरामद गरिएका सामान त्रिनगर भन्सार कार्यालय पठाउने कार्य भइरहेको छ।

No description available.

कमेन्ट लोड गर्नुस