सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा विपन्न विद्यार्थीलाई विद्यालय पोसाक वितरण

२०८१ भदौ १६, ०३:३२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा विपन्न विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ।

प्रकाश दाहाल स्मृति प्रतिष्ठानले जिल्लाको ग्रामीण भेगका विपन्न समुदायका विद्यार्थीलाई विद्यालय पोसाक (टिसर्ट) वितरण गरेको हो। आइतबार प्रतिष्ठानले लालझाडी गाउँपालिकाका विपन्न समुदायका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको हो। नेकपा माओवादी केन्द्रका युवा विद्यार्थी नेता स्व. प्रकाश दाहालको स्मृतिमा विपन्न समुदायका विद्यार्थीलाई पोसाक वितरण गरिएको हो।

माओवादी केन्द्रकी नेतृ एवं पूर्वखानेपानीमन्त्री विना मगरको प्रमुख आतिथ्यमा प्रतिष्ठानले लालझाडी–४ जाईस्थित स्वतन्त्र माविका विद्यार्थीलाई युनिफर्म वितरण गरेको लालझाडी गाउँपालिकाका निवर्तमान प्रमुख मदन सेन बडायकले बताए।

कमेन्ट लोड गर्नुस