सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका युवा ज्योतिषी मिश्र नेपाल ज्योतिष परिषद्को उप-महासचिवमा निर्वाचित

२०८१ भदौ १५, ०९:१५ खबर संवाददाता

धनगढी: धनगढीका युवा ज्योतिषी खेम मिश्र नेपाल ज्योतिष परिषदको केन्द्रीय उप-महासचिवमा निर्वाचित भएका छ्न्। नेपाल ज्योतिष परिषद्को काठमाडौको डिल्लीबजारमा सम्मन्न छैटौ महाधिवेशनबाट मिश्र उप-महासचिवमा निर्वाचित भएका हुन्।

यस्तै, अध्यक्षमा केशवप्रसाद धिताल निर्वाचित भएका छ्न्। यस्तै सुदूरपश्चिमबाट उप-महासचिवमा युवराज जोशी, उपाध्यक्षमा हरिदत्त लेखक र सदस्यमा केशवराज जोशी निर्वाचित भएका छ्न् ।

भदौ १२ र १३ गते सम्पन्न महाधिवेशनको उद्घाटन नेपाल सरकारका कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीले गरेका थिए। महाधिवेशनमा सातै प्रदेशका ज्योतिषीहरुको सहभागिता रहेको थियो।

कमेन्ट लोड गर्नुस