२८ लाख ५० हजार रुपैयाँ खर्चेर गोदावरी धाममा संस्कारशाला निर्माण
धनगढीः कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी धाममा नवनिर्मित संस्कार शालाको उद्घाटन गरिएको छ।
शुक्रबार गोदावरी नगपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले सो भवनको उद्घाटन गरेका हुन्। अन्तिम संस्कार सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले संस्कारशालाको निर्माण गरिएको नगरप्रमुख भट्टले बताए।
भवनको हत्तिनाथ निर्माण सेवाले २८ लाख ५० हजारमा गत फागुनमा ठेक्का लिएको थियो। गोदावरीधाम विकास समितिका अध्यक्ष पदमराज जोशीले अब संस्कारशाला बनेपछि बाहिरबाट आउनेलाई विविध संस्कार गर्न सहज हुने बताए।