सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा वर्षा, हावाहुरी र आगलागीबाट लाखौ मूल्यको धनमाल नष्ट

२०८१ भदौ १४, ११:०७ खबर संवाददाता

धनगढीः कैलालीमा विपदबाट १२ लाखभन्दा बढीको धनमाल नष्ट भएको छ।

२०८१ साउनदेखि भदौ १३ गतेसम्म आगलागी, हावाहुरी र भारी वर्षाबाट १२ लाख ३६ हजार मूल्यको धनमाल नष्ट भएको हो। सबैभन्दा बढी आगलागीबाट चार लाख ८६ हजार, हावाहूरीबाट ७ लाख र भारी वर्षाबाट ५० हजार मूल्यको धनमाल नष्ट भएको छ।

सो अवधिमा बाढीबाट एक महिलाको मुल्यु भएको छ। बाढीबाट तीन सय ८६ परिवार प्रभावित बनेका छन्। यस्तै सर्पदंशबाट एक जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्ष सुरु भएको २ महिना नपुग्दै आगलागीका ७ वटा घटना घटेका छन्। यसबाट १२ परिवार प्रभावित बन्न पुगेका छन्।

यसबाट चार लाख ८६ हजार मूल्यको धनमाल जलेर नष्ट भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र धनगढीले संकलन गरेको विवरणमा उल्लेख छ। सो चारपटक भारी वर्षा भएको छ। यसबाट ५० हजार मूल्यको धनमाल नष्ट भएको छ। केन्द्रका अनुसार हावाहूरीबाट ७ लाख मुल्यको धनमाल नष्ट भएको अनुमान गरिएको छ।

कमेन्ट लोड गर्नुस