सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीका ३ जना फरार प्रतिवादी पक्राउ

२०८१ भदौ १४, ०८:०५ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरीका ३ जना फरार प्रतिवादी पक्राउ परेका छन्।

लागूऔषध मुद्दामा २० दिन कैद सजाय र २ हजार जरिवाना तोकिएको गोदावरी नगरपालिका–१ बस्ने २८ वर्षीय बिनोद पन्त, लागूऔषध मुद्दामै १ महिना २० दिन कैद सजाय तोकिएको गोदावरी नगरपालिका–३ बस्ने २३ वर्षीय समिर बि.क. र चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएको गोदावरी नगरपालिका–७ का २५ वर्षीय दलबहादुर रावल रहेका छन्।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तीनै जनालाई बिहीवार इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस