धनगढीमा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते
धनगढीः कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते भएका छन्।
धनगढी उप–महानगरपालिका–१ पुरानो एयरपोर्ट नजिक सोहि ठाउँका ५१ वर्षीय मेखनाथ बडालले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०१० प ३४४१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा चालकसहित दुई जना घाइते भएका हुन।
घाइते हुनेमा जोशीपुर गाउँपालिका–५ का ११ वर्षीय प्रिन्स धामी र चालक मेखनाथ रहेका छन्। बालकको निधार, हात, खुट्टामा र चालकको मुख, हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। घाइते दुबै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।