कर्णाली पुलबाट हाम फालेर महिला बेपत्ता
२०८१ भदौ १३, ०३:५८
धनगढीः कैलालीको कर्णाली–चिसापानी पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी छन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार नाम, थर र बतन नखुलेकी अन्दाजी ४०/४५ वर्षीय महिलाले पुलबाट हाम फालेर बेपत्ता भएकी हुन्।
कैलालीको लम्की–चुहा नगरपालिका– ३ चिसापानी कर्णाली पुलबाट महिलाले हाम फालेपछि स्थानीयले प्रहरीमा खरब गरेका थिए। पाँच जना प्रहरीको टोलीले उनको खोजी गर्दै छ। तर, महिलाको अवस्थाका बारेमा केही खुलेको छैन।
कमेन्ट लोड गर्नुस