कैलालीमा एक वर्षमा २२८ मुद्दा यौन अपराधका दर्ता, पीडित १८ वर्ष मुनीका धेरै
धनगढी : कैलाली जिल्ला अदालतमा एक वर्षमा २२८ मुद्दा योज अपराधका दर्ता भएका छन्। कैलाली जिल्ला अदालतको तथ्याङ्क अनुसार २०८०/८१ मा २२८ वटा यौन अपराधनका मुद्दा दर्ता भएका हुन्।
जबरजस्ती करणी, हाडनाता करणी, जबरजस्ती करणी उद्योग, बाल यौन दुरुपयोग, अप्राकृतिक मैथुन र अन्य गरेर २२८ मुद्दा कैलाली जिल्ला अदालतमा एक वर्षमा दर्ता भएका हुन्। कैलाली जिल्ला अदालतमा दर्ता भएका यौन अपराधका १७७ मुदा फच्र्छौट भएका छन्। कैलाली जिल्ला अदालतले ५१ मुदा किनारा लगाउन सकेको छैन। चालु आर्थिक वर्षमा बाँकी मुद्दाहरूको जिल्ला अदालतले फच्र्छौट गर्ने छ।
कैलाली जिल्ला अदालतमा जबरजस्ती करणीका १६४ मुद्दा दर्ता भएकामा ११८ मुद्दा किनारा लागेका छन्। जवरजस्ती करणीका ४६ मुदाको अन्तिम सुनुवाइ बाँकी रहेको छ। हाडनाता करणीका सात मुद्दा अदालतमा दर्ता भएकोमा चारको अन्तिम सुनुवाइ भएको छ। तीन मुद्दाको अन्तिम सुनुवाइ हुन बाँकी रहेको छ। कैलाली जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगका ३८ मुद्दा एक वर्षमा दर्ता भएका थिए। ३७ मुद्दाको अन्तिम सुनुवाइ भएको छ भने, एकको बाँकी रहेको छ।
कैलालीमा बाल यौन दुरुपयोगका १९ मुद्दा अदालतमा दर्ता भएका थिए। एक वर्षमा १८ मुद्दा फच्र्छाैट भएका छन्। कैलालीमा अप्राकृतिक मैथुनका मुद्दाहरु भने दर्ता भएका छैनन्। न्यायाधीश दण्डपाणि लामिछाने जबरजस्ती बल प्रयोग गरेर इच्छा विपरीत गरेको मात्रलाई जबरजस्ती नभनिएको बताए। उनले उमेर पुगेका महिलाहरूलाई पनि प्रलोभन देखाइएको, झुटा आस्वासन देखाइएको, लोभ–लालच, डर–धम्की, जबरजस्ती, गरिएकोलाई कानुनले मन्जुरी मानेको छैन। कानुनले १८ वर्ष मुनीकालाई नाबालक मानेको उनले बताए। उनले भने, ‘विवाहको लागि २० वर्ष योग्य हो। १६–१८ वर्षको उमेरमा स्कुल, कलेजहरूमा प्रेम गर्ने हुँदो रहेछ। प्रेम गर्ने कुरालाई हाम्रो समाजले पचाएको छैन। खासमा घर–परिवार र आफन्तले राम्रो दृष्टिकोणले हेरेका छैनन्। यता तिर कानुनले त्यो कुरालाई रोकेको छ। मन्जुरीमा गरेपनि कानुनले रोकेको छ। त्यो कारणले पछि मुद्दाको रूपमा आउने गरेको छ।’
कैलाली जिल्ला अदालतका न्यायाधीश दण्डपाणि लामिछाने युवा अवस्थाका प्रेम र प्रेमीकाहरूको मुद्दाहरू धेरै हरेको बताए। उनका अनुसार प्रेम सम्बन्धको विषयमा घर–परिवारका सदस्यहरूलाई थाहा भएपनि मुद्दाको रूप लिने गरेको हो। सहमतिमा नै गरेको भएपनि मुद्दाको रुपमा आउने गरेको लामिछानेले बताए। ‘उमेर पुगेका महिलाहरूको मुद्दा कम मात्र छन्। तर, १८ वर्ष मुनीका मुद्दाहरु आउदैछन्,’ उनले भने।