सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकाको विषयमा भारतीय प्रधानमन्त्री सकारात्मकः परराष्ट्रमन्त्री राणा

२०८१ भदौ १२, ०६:३४ खबर संवाददाता

धनगढीः गौरीफन्टा नाका स्तरोन्नतीको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सकारात्मक भएको परराष्ट्रमन्त्री आरजु राणा देउवाले बताएका छन्।

No description available.

आज (बुधबार) कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को वडा कार्यालय भवन उद्घाटन गर्दै राणाले गौरीफन्टा नाका र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको विषयमा भारतका प्रधानमन्त्री सकारात्मक रहेको बताएकी हुन्। मन्त्री राणाले गौरीफन्टा नाका र फाप्ला क्रिकेट मैदानको विषयमा भारतीय प्रधानमन्त्रीसँग कुराकानी भएको बताइन्।

No description available.

उनले भारतका प्रधानमन्त्री मोदीसँग सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको धनगढी–गौरीफन्टा नाकाको स्तरोन्नती गरिदिन र धनगढीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइदिन अनुरोध गरेको बताइन्। ‘मैले सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको गौरीफन्टा नाकाको स्तरोन्नीका लागि भारतीय प्रधानमन्त्रीसँग कुराकानी गरेको छु।

No description available.

यो विषयमा प्रधानमन्त्री मोदी सकारात्मक देखिनुभएको छ।’ उनले मुख्यमन्त्री कमलबहादुर शाहलाई धनगढी–गौरीफन्टा नाकाको महत्वका विषयमा लेखेर पठाउन निर्देशन दिएको समेत बताइन्। परारापष्ट्रमन्त्री राणाले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन पनि भारतीय प्रधानमन्त्रीलाई आग्रह गरेको बताइन्।

No description available.

‘मैले भारत भ्रमणका क्रममा फाप्ला क्रिकेट मैदान, महाकाली नदीको विभिन्न स्थानमा पक्की पुल बनाउन पनि कुराकानी गरेको छु। त्यसमा भारतीय प्रधानमन्त्री सकारात्मक देखिनुभएको छ।’ धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को भवन उद्घाटन समारोहमा प्रतिनिधि सभा सदस्य दिल्लीराजराज पन्त, सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का पुर्वमन्त्री प्रकाशबहादुर देउवा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला राना लगायतको उपस्थिति थियो।

No description available.

कमेन्ट लोड गर्नुस