सुदूर नेपाललाई विश्वसँग जोड्दै

खैरो हेरोईनसहित कञ्चनपुरका एक युवक पक्राउ

२०८१ भदौ १२, ०७:१५ खबर संवाददाता

कञ्चनपुरः खैरो हेरोईनसहित कञ्चनपुरका एक युवक पक्राउ परेका छन्।

बेदकोट नगरपालिका-९ सुन्दरपुरबाट सोही ठाउँ बस्ने २२ वर्षीय सागर चन्द मंगलवार पक्राउ परेका हुन्। चन्दलाई १.२८ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागू औषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र प्रहरी चौकी सुडाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस