सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा फरार दोषी घरबाटै पक्राउ परे

२०८१ भदौ ११, ०१:५४ खबर संवाददाता

धनगढीः कैलालीमा एक जना फरार दोषी घरबाटै पक्राउ परेका छन्।

आज (मंगलबार) विहान जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले अपराधिक उपद्र मुद्दामा दाषी ठहर गोदावरी नगरपालिका–१२ का २६ वर्षीय लक्ष्मण भन्ने लालबहादुर कडायतलाई पक्राउ गरेको हो। उनलाई घरबाटै पक्राउ गरेर जिल्ला अदालत कैलालीमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस