धनगढीमा अलपत्र परेका एक जनाको उद्धार
२०८१ भदौ ११, ०१:१४
धनगढीः कैलालीको धनगढीमा एक जनाको उद्धार गरिएको छ।
धनगढी उपमहानगरपालिका–७ देबरियास्थित गौरी टोलमा फेला परेका एक जनाको धनगढी नगर प्रहरीले उद्धार गरेको हो।
सोमबार मानसिक सन्तुलन गुमाएका करिब ३० वर्षीय पुरुषको उद्धार गरेर मानव सेवा आश्रमको जिम्मा लगाइएको छ।
कमेन्ट लोड गर्नुस