सुदूर नेपाललाई विश्वसँग जोड्दै

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले डिएस ट्रेर्डसलाई दियो दुई करोड बराबरको दाबी भुक्तानी

२०८१ भदौ ११, ०९:०९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–२ मा रहेको डिएस ट्रेर्डसलाई सगरमाथा लुम्बिनी इन्स्योरेन्सले करिब दुई करोड बराबरको दाबी भुक्तानी दिएको छ।

डिएस ट्रेर्डसमा असार ६ गते आगलागी भएको थियो। आगलागीबाट भएको क्षति बापत उक्त कम्पनीले गरेको बिमा अनुसार दुई करोड बराबरको भुक्तानीको लागि दाबी स्वरुप कागजातसिहत सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई बुझाएको थियो। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले डिएस ट्रेर्डसका सञ्चालकलाई एक करोड ८८ लाख ५४ हजार भुक्तानी दिएको धनगढी शाखाका प्रमुख हेमन्त लामिछानेले बताए।

कमेन्ट लोड गर्नुस