सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा खैरो हेरोईनसहित एक जना पक्राउ

२०८१ भदौ ८, ०७:४८ खबर संवाददाता

धनगढीः कैलालीमा खैरो हेरोईनसहित एक जना पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–१ स्थित भित्रि सडक खण्डबाट लम्किचुहा नगरपालिका–१० चुहा बस्ने २४ वर्षीय मनराज सुनार पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले सुनारलाई १ ग्राम ५ सय मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित शुक्रवार नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस