सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट १ लाख बढीका सामान बरामद

२०८१ भदौ ८, ०७:०४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट १ लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–१० भुजेला र चौकीसत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख २१ हजार ७१० मूल्य बराबरको सामान बरामद गरिएको हो।

उक्त मूल्य बराबरको साडी, चप्पल, डायरी, लेमिनेशन पेपर, स्टेसनरीका सामान, इलेकट्रिक स्कुटर थान–१ लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। उक्त सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको छ।

कमेन्ट लोड गर्नुस