धनगढीका एक युवक लागूऔषधसहित पक्राउ
२०८१ भदौ ६, ०८:००
धनगढीः कैलालीको धनगढीमा एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका-७ मनेहराबाट सोही ठाउँ बस्ने २६ वर्षीय राजकुमार चौधरी पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई २५० मिलिग्राम लागूऔषधसहित फेला पारी बुधवार पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस