सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा स्कारपिओले अटोलाई ठक्कर दिँदा दुई जना घाइते

२०८१ भदौ ५, ०७:२५ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा स्कारपिओले अटोलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–३ होण्डा  सोरुम नजिक धनगढी– ६का केशवराज जोशीले चलाएको ना १३ च ४०२८ नम्बरको स्कारपिओले सुदूरपश्चिम प्रदेश ०१००१ स ६९०३ नम्बरको अटोलाई  ठक्कर दिँदा दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परेर अटो चालक धनगढी–७ का दयाशंकर चौधरी र खगेन्द्र चौधरी घाइते भएका छन्। घाइते दुबै जनाको केजी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस