नेप्से परिसुचक २.११ अंकले वृद्धि
काठमाडौँः बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेर बन्द भएको छ।
नेप्से २.११ अंकले बढेर दुई हजार ९ सय ६८ दशमलव ४४ विन्दुमा बन्द भएको हो। आज नेप्सेमा १८ अर्ब ९० करोड ६३ लाख बराबरको करोबार भएको छ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १०० वटाको शेयरमूल्य बढेको छ भने १४० वटा कम्पनीको शेयरमूल्य घटेको छ। चार कम्पनीको शेयरमूल्य आज स्थिर रहेको छ। आज चार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ। जसमा कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स र दोल्ती पावर कम्पनी लिमिटेड रहेका छन्।
यसक साथै आज पाँच कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ। कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ। यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ। हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। यस कम्पनीको ६६ करोड २ लाख बराबरको कारोबार भएको छ।