सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको डिस्कभरी इंग्लिस बोर्डिङ स्कुल युएईमा सम्मानित 

२०८१ भदौ ५, १२:५९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा रहेको डिस्कभरी इंग्लिस बोर्डिङ स्कुल युएईमा सम्मानित भएको छ।

धनगढी उपमहानगरपालिका-७ कान्तिपुर टोलमा रहेको स्कुल एक्सिटो अन्तर्राष्ट्रिय पुरस्कार दुबई (युएई)को आयोजनामा सम्पन्न भएको एक कार्यक्रममा सम्मानित भएको हो। डिस्कभरी इंग्लिस बोर्डिङ स्कुललाई लामो समयदेखि गुणस्तरीय सेवा दिदै आएको भन्दै 'इमर्जिङ स्कूल अवार्ड' विधाबाट सम्मानित गरिएको हो। उक्त अवार्डका लागि नेपाल भरीबाट ३० विद्यालय र कैलालीबाट डिस्कभरी इंग्लिस बोर्डिङ स्कुल छनोट भएको थियो।   

कमेन्ट लोड गर्नुस