कञ्चनपुरमा एक युवक मृत फेला
२०८१ भदौ ५, १२:४२
कञ्चनपुरः कञ्चनपुरमा एक युवक मृत फेला परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–३ बह्मदेव हाईवेस्थित शुभयात्रा जिप/कार रिपेरिङ एण्ड वासिङ सेन्टरमा काम गर्ने बेतकोट नगरपालिका–७ लालपुर बस्ने १८ वर्षीय रमेश विक आज मृत फेला परेका हुन्। विक सोही वासिङ सेन्टर नजिकै रहेको कोठामा बुधवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कमेन्ट लोड गर्नुस